वीरगञ्ज । वीरगन्जमा उपचारको क्रममा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पकहा मैनपुर गाउँपालिका २ निवासी ७५ वर्षका बैजनाथ महतोको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
संक्रमितको उपचारको क्रममा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको हो । भदौ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्पताल गण्डकमा उपचारको लागि भर्ना भएका थिए । उनी निमोनियाले ग्रसित थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० भदौ २०७७, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण