कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, ०८ : २५
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मत्यु भएको छ । मृतकमा दुवैजना मोरङका रहेका छन् । मोरङको विराटनगर महानगरपालिका ४ बस्ने ६४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको भएको प्रहरीले जनाएको छ । यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा पनि मोरङका एक ४३ वर्षीया महिलाको मृत्यु भएको छ । उनको पनि गएराति नै मृत्यु भएको हो ।

यसैगरी , रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि दुई जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या दिन प्रति दिन बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस