बुटवलमा उपचारररत  २ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, ०८ : १८
बुटवलमा उपचारररत  २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा  उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देही बुटवल उपमहानगरपालिका बार्ड नम्बर ११ का ४० बर्षीय पूरुषको मृत्यु भएको अस्पालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिएका छन् । 

नवलपरासीकी महिलालाई १७ गते भर्ना गरिएको थियो ।गएरातीदेखी भेन्टीलेटरमा राखी उपचार गर्दा गर्दे आज बिहान ६ बजे मृत्यु भएको थियो । उनलाई ज्वरो, खोकी लागेपछि परिक्षण गर्दा कोरोना देखीएको थियो ।

बुटवलका ४० बर्षीय पुरुष १५ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । विगत ४ दिनदेखी भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दे राति ११ वजे मृत्यु भएको थियो ।  बुटवलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यो संगै ११ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस