अमेरिकामा नोभेम्बर १ देखि कोरोनाविरुद्धको खोप लगाइने

एजेन्सी

शुक्रबार, १९ भदौ २०७७, १४ : ३०
अमेरिकामा नोभेम्बर १ देखि कोरोनाविरुद्धको खोप लगाइने

एजेन्सी। अमेरिकामा नोभेम्बर १ देखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । अमेरिकाको संघीय सरकारले नोभेम्बर १ देखि कोरोनाविरुद्धको खोप लगाइने हुनाले सबै राज्यलाई तयार रहन अनुरोध गरेको छ।

खोप वितरण कार्य तीव्रताका साथ गर्नुपर्ने हुनाले सहयोग गर्न अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले अनुरोध गरेका हुन्।

अमेरिका सरकारले मेरिल्यान्डको गिथर्सबर्गस्थित नोभाभ्याक्स कम्पनीलाई भ्याक्सिन विकास र निर्माणका लागि १.६ अर्ब डलर मद्दत गरेको थियो। यो खोप तीन साताभित्र दुई डोजका रुपमा दिइनेछ।

कोरोना भाइरसको यो भ्याक्सिनको सुरुआती परिणामले सुरक्षासम्बन्धी कुनै अप्ठेरो नदेखाउनुका साथै यसले मानिको प्रतिरक्षा प्रणाली मजबुत पार्नेछ।

प्रतिक्रिया दिनुहोस