बुटवल । बुटवलमा थप एकजना कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल – ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार शुक्रबार बिहान ९ बजे मृत्यु भएका ती पुरुष भदौ ४ गते अस्पताल भर्ना भएका थिए। उनको विगत ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो। योसँगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ भदौ २०७७, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण