चितवनमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित हुनेमा अधिकांश भरतपुर महानगरका बासिन्दा

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, १० : १९
चितवनमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित हुनेमा अधिकांश भरतपुर महानगरका बासिन्दा

चितवन । कोरोनाको संक्रमणको हटस्पट बन्दै  गएको चितवनमा शुक्रबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गए राति बिहिबार गरिएको परिक्षणमा चितवन सहित अन्य जिल्लाका गरि ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये चितवनका ५७ जना रहेका छन् भने अन्य ३१ जना अन्य जिल्लाका रहेका छन् ।  कोरोना पोजेटिभ देखिएकाहरू १ वर्ष देखि ७८ वर्षसम्मका छन्। उनीहरू मध्ये ४२ जना भरतपुर महानगरपालिकाका मात्रै छन् । जिल्ला भित्र अन्य संक्रमित हुनेहरुमा राप्ती नगरपालिकाका ९, रत्ननगरका ३, कालिकाका २, खैरहनीका १ जना रहेका छन् । 

यसअघि आज शुक्रबार विहान भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा चितवनका १७ जनासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख थियो। यो सँगै चितवनमा कुल ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस