काठमाडौँ । प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको बताए । पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ भदौ २०७७, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप