काठमाडौँ । क्यारेवियन क्रिकेट लिगमा सन्दीप लामिछाने आवद्ध टिम जमैका तलावाज सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा बारबाडोस ट्रीडेन्टस गुयाना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै लिगको सेमिफाइलनमा पुग्ने निश्चित भएको हो ।
आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौथौ स्थानमा छ । पाँचौँ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष चारटोली सेमिफाइनल पुग्छन् ।
पहिलो स्थानको ट्रिनवागो नाइट राइडर्सको आठ खेलबाट १६ अंक छ । त्यसपछि रहेका गुयाना अमेजन वारियर्सको १० खेलबाट १२ र सेन्ट लुसियाको ८ खेलबाट १० अंक छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ भदौ २०७७, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा