काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो : के खुल्ने, के नखुल्ने (सूचीसहित)

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १९ : १४
काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो : के खुल्ने, के नखुल्ने (सूचीसहित)

काठमाडौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुला गरी एक साताका लागि थप भएको छ । तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ ।

निर्णयअनुसार तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आदेश जारी गरी गर्न हुने र गर्न नपाइने सूची सार्वजनिक गरेका छन । आजबाट निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ । 

काठमाडौंका प्रजिअ जनकराज दाहालले यस पटकको निषेधाज्ञाका केही प्रावधानमा खुकुलो पारिएको बताए । तर, मानिसको आउजाउमा भने कडाई गरिने उनले जानकारी दिए । 

बिहान ११ बजेसम्म किनमेल र हिडडुलका लागि खुकुलो गरिएको छ भने बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था मिलाइएको छ । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस