काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १७ : ०९
काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा

काठमाडौं । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप भएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले एक साता निषेधाज्ञा थप गरेका हुन् । आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । 

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि  भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय आज मध्यराति सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस