कोरोना संक्रमित कपिलवस्तुकी एक महिलाको उपचारको क्रममा रुपन्देहीमा मृत्यु

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, ११ : ३६
कोरोना संक्रमित कपिलवस्तुकी एक महिलाको उपचारको क्रममा रुपन्देहीमा मृत्यु

बुटवल । कपिलवस्तुका एक संक्रमितको उपचारको क्रममा रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा  मृत्यु भएको छ । मृत्यु हुने कपिलवस्तु–११ की ६० वर्षीया महिला रहेकी छिन् । 

मृतक महिलामा कोरोना संक्रमण देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी थिईन् । उनलाई अति सघन कक्षमा राखि उपचार हुँदै आएको थियो । उनमा उच्च रक्तचाप, श्वासप्रश्वासको समस्यासँगै ज्वरोसमेत थियो ।’ यससँगै लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस