कोरोना संक्रमणका कारण वीरगन्जमा उपचाररत बाराका एक बृद्धको निधन

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, ०९ : २५
कोरोना संक्रमणका कारण वीरगन्जमा उपचाररत बाराका एक बृद्धको निधन

वीरगञ्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण बाराका ९७ वर्षका वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।  मृत्यु हुनेमा बारा सिम्रौनगढ नगरपालिका ९ बसबरियाटोल बस्ने ९७ वर्षका बृद्ध छन् । 

ती वृद्धको उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा बुधबार बिहान १ बजे मृत्यु भएको हो ।  अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाका अनुसार भदौ १२ गते ती वृद्धको स्वाब संकलन गरी परीक्षण गरिएकोमा १४ गते कोरोना पुष्टि भएको थियो । 

प्रतिक्रिया दिनुहोस