कोरोना संक्रमणबाट भैरहवामा उपचाररत एक महिलाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, ०९ : १६
कोरोना संक्रमणबाट भैरहवामा उपचाररत एक महिलाको मृत्यु

भैरहवा । रुपन्देहीमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति ९ः४५ बजे मृत्यु भएको हो ।

उनमा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएको थियो । त्यहाँ आईसियू बेड खाली नभएपछि उनलाई भीम अस्पताल पठाइएको थियो ।

उनलाई आईसियूमै राखेर उपचार गरिरहेकोमा मंगलबार राती मृत्यु भएको हो । मृतक महिलालाई उच्च रक्तचाप, मधुमेह लगायतको समस्यासमेत रहेको थियो । कोरोना संक्रमणबाट रुपन्देहीमा ११ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस