कोरोनालाई परास्त गरेर फर्कन्छु : मेयर शाक्य

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, १७ : ३३
कोरोनालाई परास्त गरेर फर्कन्छु : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरेर जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

‘तपाईंहरूको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनुभएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरूको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।’ 

 

प्रतिक्रिया दिनुहोस