सिरहाका कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, १० : २१
सिरहाका कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु

सुनसरी । सिरहाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सिरहाको मिर्चैया ३ निवासी ६५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

उनको सोमबार राति पौने ९ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निर्देश सापकोटाले बताए । उनलाई विराटनगरस्थित विराट शिक्षण अस्पतालबाट भदौ १० गते धरान रेफर गरिएको थियो ।

मृतकमा ज्वरो आउने, अत्याधिक टाउको दुख्ने, खोकी र श्वासप्रश्वासको समस्या थियो । योसँगै प्रतिष्ठानमा कोरोनाले मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस