वीरगञ्ज । वीरगञ्जमा पहिचान नखुलेका एक पुरुषको उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको हिजो राति मृत्यु भएको अस्पालले जनाएको छ ।
संक्रमणका कारण ६० बर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।मृतकको पहिचान नखुलेपछि घरबार बिहीन रहेको तथा सडकमा बस्दै आएको बताईएको छ ।
गत भदौ १३ गते उपचारको लागि नारायणी अस्पतालको आकश्मिक कक्षमा भर्ना भएका ती पुरुषको सोमबार राति पौने ९ बजे मृत्यु भएको हो । मृत्यु पछि गरिएको पिसिआर परिक्षणमा उनका कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ भदौ २०७७, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण