चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूष रहेको र उनको उपचारको क्रममा गएराति (सोमबार) मृत्यु भएको हो ।
लेजका अनुसार भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा कडा खालको निमोनिया देखिएको थियो । सोमबार संक्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बिरामीको अवस्था गम्भीर भएपछि उपचारका लागि ल्याइएको बताए । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । त्यसमध्ये ९ जना चितवनका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ भदौ २०७७, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण