प्रधानमन्त्री ओली फेरि परे अप्ठयारोमा : ‘राष्ट्रिय सभामा वामदेव गौतम कि युवराज खतिवडा’

राष्ट्रिय सभामा वामदेव गौतम रोज्ने की अर्थमन्त्री युवराज खतिवडा ? प्रधानमन्त्री ओली अप्ठयारोमा परेका छन्

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, ०९ : २२
प्रधानमन्त्री ओली फेरि परे अप्ठयारोमा : ‘राष्ट्रिय सभामा वामदेव गौतम कि युवराज खतिवडा’

काठमाडौं । प्रधानमन्त्री केपी ओली फेरि एकपटक अप्ठयारोमा पर्ने भएका छन् । उपाध्यक्ष वामदेव गौतमले हरेक अप्ठयारोमा पनि त्राण भराईदिएपनि ओलीका लागि गौतम आफ्नो नहुने र गौतम अन्तिममा ओलीसँगै सम्झौतामा गईदिने नेकपाको आन्तरिक राजनीतिले बेला बेला ओलीलाई नै अप्ठयारोमा वामदेव गौतम सन्जिवनी बुटि बनेर उभिदिन थालेका थिए ।

तर अहिले बल्लबल्ल मिल्दै गएको विवाद र आफ्नो लागि टरेको संकटमा उपाध्यक्ष वामदेव गौतम नै ओलीका लागि अप्ठयारो अवस्था सिर्जना गर्नै पात्रका रुपमा देखा परेका छन् । कारण हो, गौतमले राष्ट्रिय सभाको रिक्त मनोनित एक सिटमा आफ्नै दाबेदारी प्रस्तुत गर्नु ।  ओलीका लागि गौतम यो सिटमा उपयुक्त पात्र होइनन्, उनी अर्थमन्त्री डा. युवराज खतिवडालाई यो पदमा पूनः दोहो¥याउन मात्र चाहिरहेका छैनन्, नवउदारवादी अर्थतन्त्रको पदचाप समाईरहेका खतिवडालाई नै अब फेरि पूर्नगठन हुने मन्त्रिपरिषद्मा पार्टी नेताहरुको इच्छा विपरित पनि ओली दोहोराउन चाहिरहेका छन् ।

त्यसबेला चुप लागेर म सोचविचार गरेर जवाफ दिउँला तर युवराजलाई अर्थमन्त्री बनाउन सकन्नि भन्दै बालुवाटारबाट फर्केका गौतमले सोमबार भने ओलीलाई भेटेर आफु राष्ट्रिय सभामा जान तयार रहेको, उपचुनाव नलड्ने भन्दै गत फागुनको पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गरेका हुन् । 

सोही कारण पनि गौतम भन्दा ओलीका लागि सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एउटा खतिवडाकै पदावधी समाप्त भएर रिक्त बनेको पदमा पूर्ननियुक्ति गरेर दोहोराउन चाहिरहेका छन् ।  गौतमलाई उक्त पदमा नियुक्त गर्न पार्टीको सचिवालयले गत फागुन १४ मै सर्वसम्मत निर्णय गरेको थियो । त्यसबेला सचिवालय बैठकको अध्यक्षता प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुवैले संयुक्त रुपमा गरेका थिए । पार्टीले प्राप्त गरेको जनमतका आधारमा सरकारको नेतृत्व गर्ने, अनि फेरि पार्टी निर्णय आफ्नालाई बाध्यकारी नहुने प्रधानमन्त्री ओलीले बताउँदै आएका छन् । 

गत फागुन १४ को सचिवालय बैठकले गरेको निर्णय ओलीले त्यसैगरी आफ्नो लागि बाध्यकारी नभएको गैह्जिम्मेवार अभिब्यक्ति दिँदै पार्टीले गरेको निर्णय अहिलेसम्म पनि अटेर गर्दै आएका थिए । अहिले पनि ओलीले गौतमको राष्ट्रिय सभा जाने निर्णय अब सकिइसकेको भन्दै गौतम आफैले नजाने बताएको एक टेलिभिजन कार्यक्रममा ब्यक्त गरेका थिए ।  तर गौतमले त्यस्तो प्रधानमन्त्रीको अभिब्यक्तिमा असन्तुष्टि जनाएका छन् । र, आफै गत फागुनको निर्णय कार्यान्वयन होस् भन्ने पक्षमा रहेको बताएका छन् ।

ओलीले अर्का अध्यक्ष प्रचण्डसँग सहमति जुटाएर अहिलेका अर्थमन्त्रीलाई नै राष्ट्रिय सभा लैजान चाहेका थिए । अर्थमन्त्री खतिवडालाई मन्त्री पदमा निरन्तरता दिनका लागि २० भदौंभित्रै राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने बाध्यता ओलीका लागि छ ।  २१ गतेवाट स्वतः संविधानत पनि खतिवडाले अर्थमन्त्रीका रुपमा रहन पाउने छैनन् । त्यही भएर गत भदौं १२ को प्रचण्डसँगको भेटमा आफुले खतिवडालाई नै मन्त्रीमा कायम राखेर जान चाहेको भन्दै सहमतिमा आइृदिन आग्रह गरेका थिए ।

तर, प्रचण्डले ओलीको त्यस्तो प्रस्तावमा सहमति जनाएनन् । उनले अर्थमन्त्री खतिवडाको काममा पार्टी नेताहरु असन्तुष्ट रहेको र माक्र्सवादी अर्थशास्त्र बुझेका अब्बल नेताहरु पार्टीभित्र रहेकोले खतिवडाको विकल्प खोजिनुपर्नेमा अधिकाशं सचिवालय सदस्य रहेका छन् । तर ओलीका लागि मात्र खतिवडा किन यति प्यारो लागिरहेको छ ? सचिवालय सदस्यहरुले नै बुझ्न सकिरहेका छैनन् । ओलीले जर्बजस्ती खतिवडालाई नै नियुक्तिका लागि वामदेव गौतमलाई ब्याक हटाउन खोजेपनि उनका लागि दातमा ढुंगा लागेको छ ।

त्यो यसकारण की गौतमले हिजो सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफै राष्ट्रिय सभामा जान तयार रहेको बताएपछि ओली दबाबमा परेका हुन् । गत शुक्रबार ओलीले गौतमलाई बोलाएर डोल्पामा आफुले उपचुनाव गराउन खोजेको र त्यहाका सांसद धनबहादुर वुढासँग आफुले कुरा पनि गरिसकेको र अब डोल्पाबाट उपचुनाव लड्ने तयारीमा लाग्न प्रस्ताव गरेका थिए ।  गौतमले गत प्रतिनिधीसभाको चुनाव पराजित भएपछि गौतमले उपचुनाव लडन चाहेका थिए । पार्टी नेताहरुकै अन्तरघातका कारण चुनाव पराजित हुनु परेको भन्दै तत्कालिन एमालेमा उनले छानविनको माग समेत गरेका थिए । त्यही आधारमा छानविन समिति बनेपनि माओवादीसँगको एकतापछि त्यो त्यक्तिकै सेलाएर गयो । 

उपाध्यक्ष गौतमले त्यसपछि संसदमा आफ्नो भूमिका आवश्यक रहेको भन्दै डोल्पाका सांसद धनबहादुरलाई पर्यटन राज्यमन्त्रीका रुपमा मन्त्री बनाउन लगाएर आफु त्यहाँबाट उपचुनावमार्फत संसदमा आउन चाहेका थिए । त्यसको तयारी पनि गरे । तर ओलीले नै गौतमलाई त्यहाँबाट उठ्न दिन चाहेनन् । धनबहादुर पछि गौतमसँगको सम्झौता अनुसार ब्याक हुन तयार भएनन् । पछि गौतमले पूर्वी रुकुम, दैलेख, बर्दियाको अर्काे निर्वाचन क्षेत्र लगायतका स्थानहरुमा पनि चुनाव लड्न खोजे । सफल भएनन् । अन्तिममा काठमाडौं ७ का सांसद रामवीर मानन्धरले गौतमका लागि राजीनामा दिने निर्णयमा पुगे र राजीनामा पत्र पार्टीका अध्यक्षद्दयलाई बुझाए । तर गौतमलाई काठमाडौंमा चुनावमा उठन नदिन ओलीले नै रोकिदिए ।

कास्कीका सांसद रविन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि ओलीले कास्कीमा चुनाव लडन गौतमलाई आग्रह गरे । तर त्यसमा उनले रुची देखाएनन् ।  अहिले फेरि गौतमलाई उपचुनावको ललिपप देखाएर आफ्नो कुन्सित उद्येश्य पूरा गर्न ओलीले खोजेका थिए । त्यही क्रममा गत शुक्रवार बालुवाटार बोलाएर ओलीले डोल्पामा चुनाव लड्न गौतमलाई प्रस्ताव गरेका थिए । त्यसबेला चुप लागेर म सोचविचार गरेर जवाफ दिउँला तर युवराजलाई अर्थमन्त्री बनाउन सकन्नि भन्दै बालुवाटारबाट फर्केका गौतमले सोमबार भने ओलीलाई भेटेर आफु राष्ट्रिय सभामा जान तयार रहेको, उपचुनाव नलड्ने भन्दै गत फागुनको पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गरेका हुन् । 

‘चार–पाँचदिनअघि प्रधानमन्त्री ओलीजीले डोल्पाबाट चुनाव लड्नुप¥यो भन्नुभएको थियो । त्यतिबेला मैले विचार गरौँला भनेर जवाफ दिएको थिएँ । यसबीचमा मैले धेरै विचार गरेँ,’ उपाध्यक्ष गौतमले भने, –‘सोमबार (आज) म फेरि प्रधानमन्त्रीलाई भेट्न पुगे । उहाँलाई मैले प्रतिनिधिसभाको निर्वाचनमा जाँदिन भनेर भनेको छु । गत ६ महिना अगाडीको पार्टी निर्णयका आधारमा राष्ट्रिय सभामा लैजानै विषयमा भएको पार्टी निर्णय कार्यान्वयन गर्नुस् भनेको छु ।’  गौतमले शुरुमा आफु संसदमा जाने भनेको प्रधानमन्त्री बन्नका लागि मात्र जाने बताउँदै आएका थिए ।

यसबाट ओली झस्किदै आएका थिए । गौतमले राष्ट्रिय सभामा जादा संविधान संसोधन गरेरै भएपनि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने बनाउनु पर्ने माग गरेका थिए । अहिले राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने ब्यवस्था संविधानमा छैन् । तर यो विषयमा पनि विवाद निम्तेपछि गौतमले राष्ट्रिय सभामा पहिले जाने नीति लिएका थिए । त्यही आधारमा गत फागुन १४ मा उनी राष्ट्रिय सभा जान तयार भएका थिए । तर ओलीले पहिले संविधान संसोधन नभई राष्ट्रिय सभा नजाने अडानमा रहेका गौतम विना शर्त राष्ट्रिय सभा किन जान तयार भए भन्दै आशंका ब्यक्त गरेका थिए ।

त्यसपछि उनलाई राष्ट्रिय सभा लैजाने पार्टी निर्णय कार्यान्यनमा ओलीले प्रश्न गरेका थिए । तर अहिले फेरि २० भदौंभित्र राष्ट्रिय सभामा मनोनित नभए गैह् सांसदका रुपमा अर्थमन्त्रीमा निरन्तरता पाईरहेका अर्थमन्त्री युवराज खतिवडाको पद स्वतः जाने भएपछि नेकपाभित्र राष्ट्रिय सभा सदस्य मनोनितको विषय बहसमा आएको छ । १८ भदौंमा नेकपाले सचिवालय बैठक बोलाएको छ । यो बैठकमा यो विषयले प्रवेश पाउने भएको छ । गौतमको दावी पछि अब ओलीले खतिवडा रोज्छन की गौतम ? नेकपाभित्र चासोका साथ हेर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस