वीरगन्जमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको निधन

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, ०८ : ५६
वीरगन्जमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको निधन

वीरगन्ज । वीरगन्जमा उपचाररत थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ ।  मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष हुन् ।

नारायणी अस्थायी  हेल्थ केयर कोरोना अस्पतालमा उनी विगत १७ दिनदेखि उपचाररत थिए ।  कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन ३१ मा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको सोमबार राति पौने एक बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए । ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।
योसहित कोरोना संक्रमणले पर्सामा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस