काठमाडौं । लालझाडी गाउँपालिका–२ कञ्जका दुई बालिकाको आज दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको हो ।
अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् । मृतक दुवैको शव बगेको स्थानबाट तीन सय मिटर टाढा फेला परेको थियो ।
“मृतक दुवै बालिका माछा मार्नका लागि नदीमा गएको परिवारजनबाट बुझिएको छ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”
उद्धार गरिएकी बालिकालाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । मृतक दुवै बालिकाको शव नदीबाट झिकेर परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १५ भदौ २०७७, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु