धनुषा जिल्लामा पुनः एक साता निषेधाज्ञा थप

रासस

आइतबार, १४ भदौ २०७७, १७ : ५०
धनुषा जिल्लामा पुनः एक साता निषेधाज्ञा थप

काठमाडौं । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञाको  आदेश जारी गरेको छ । गत साउन १८ देखि शुरू भएको निषेधाज्ञा आज पाँचौंँ पटक थप गरी भदौ २१ गतेसम्म पु¥याइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आज सुरक्षा समितिको बसेको बैठकले राति १२ बजेदेखि लागु हुने गरी आगामी आइतबार राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी यातायात, इरिक्सा र  निजी सवारी साधनमा रोक लगाइएको छ । त्यस्तै खाद्यान्न पसल, फलफूल, तरकारी, दूध, हार्डवेयरलगायत पसल बिहान ६ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस