कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएको प्रतिबन्धविरुद्ध जर्मनीमा विरोध प्रदर्शन

एजेन्सी

आइतबार, १४ भदौ २०७७, १२ : १७
कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएको प्रतिबन्धविरुद्ध जर्मनीमा विरोध प्रदर्शन

एजेन्सी । कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएको प्रतिबन्धविरुद्ध जर्मनीमा विरोध प्रदर्शन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बर्लिनमा भएको प्रदर्शनमा सहभागीमध्ये २ सय जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बर्लिनमा भएको अधिकांश रुपले शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रहरीमाथि ढुंगा तथा बोटहरु प्रहार गर्ने एकै र्‍यालीका २ सय जना लाई प्रहरीले पक्राउ गरेको हो । अरुलाई विभिन्न स्थानका र्‍यालीबाट पक्रेको हो । कोरोना भाइरस मात्रै भ्रम रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरसका नाममा सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउन नहुने माग उनीहरुको छ । सडकमा करिब ३८ हजार मानिस उत्रिएका र प्रदर्शन समग्रमा शान्तिपूर्ण रहेको बिबिसी समाचारमा उल्लेख छ ।

जर्मनी मात्रै नभएर युरोपका अरु शहरहरुमा पनि कोरोना भाइरसविरुद्ध प्रदर्शन भएको छ । लण्डन, पेरिस, भियना, ज्युरिचसहितका शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागु गरिएको प्रतिबन्धध विरुद्ध प्रदर्शन भएको हो ।