वीरगन्ज । वीरगन्जमा उपचार गराईरहेको कोरोना संक्रमित रौतहटका एक पुरुषको मृत्यु भएको छ । नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहट राजपुरका ४० वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।
शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए ।
मधुमेहका समेत बिरामी रहेका युवकमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ भदौ २०७७, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण