आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, ०८ : १०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहानैदेखि अधिकांश प्रदेशको मौसम बदली भएकाले केही स्थानमा भारी वर्षा हुने जनाएको छ ।

मौसमविदका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

यस्तै आइतबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ को केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस