सुनसरी । सुनसरीको सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबलदार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकामा उपचारका लागि विराटनगर लगिएको थियो । उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ भदौ २०७७, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते