गृहमन्त्री बादलसहित तीन जना मन्त्री होम आइसोलेसनमा

सफल खबर संवाददाता

शनिबार, १३ भदौ २०७७, १३ : ५७
गृहमन्त्री बादलसहित तीन जना मन्त्री होम आइसोलेसनमा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादललगायत तीन जना मन्त्री होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल,  उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि होम आइसोलेसनमा रहेका छन् । 

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको कार्यालय छाउनीमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि तीन जना मन्त्री होम आइसोलेसनमा बसेका हुन् ।

कार्यालयमा चिया पुर्‍याउने कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रीहरु ती कर्मचारीमा कोरोना पुष्टि भएपछि पनि होम आइसोलेसनमा बसेका छन्। मन्त्रीहरुको पिसिआर परीक्षण गर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस