यी हुन् ‘ड्रग्स’ को लतले करियर बर्बाद भएका बलिउड सेलिब्रेटी

एजेन्सी

शनिबार, १३ भदौ २०७७, ११ : ०९
यी हुन् ‘ड्रग्स’ को लतले करियर बर्बाद भएका बलिउड सेलिब्रेटी

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणसँग जोडिएर बलिउडमा ड्रग्सको जालो दृश्यमा आउन थालेको छ ।
बलिउडका कलाकार र ड्रग्सको किस्सा नयाँ भने होइन । यसअघि पनि विभिन्न कलाकार ड्रग्सको कुलतमा फँसेका थिए ।
बलिउडको ग्ल्यामर दुनियाँमा मन्दविषको रुपमा फैलिएको ड्रग्सको जालोले केही अभिनेतालाई पनि गाँजेको पाइन्छ । बलिउडमा केही कलाकार यस्ता छन्, जसले कुलतमा  फसेर आफ्नो करियर नै बर्बाद बनाए । 

सञ्जय दत्त
सन् १९९३ मा भारतमा भएको बम बिस्फोटमा प्रयोग भएको हतियार राखेको आरोपमा जेल गएका अभिनेता दत्त सन् १९८२ मा ड्रग्स राखेको आरोपमा जेल गएका थिए । उनलाई जेलबाट छुटेपछि उनका पिता सुनील दत्तले अमेरिकाको पूर्नस्थापना केन्द्र पठाएका थिए । 

रणबीर कपूर 
सुत्रका अनुसार रणबीर कपूरले पनि आफूले ड्रग्स प्रयोग गर्ने कुरा स्वीकार गरेका थिए । उनले स्कुलबाट नै ड्रग्स लिन सुरु गरेका र त्यसको लत लागेको बताएका थिए । उनले ड्रग्स छोडेको घोषणा त गरे । तर उनी चेन स्मोकर हुन् । 

फरदीन खान
सन् २००१ को मे ५ मा कोकीन नामक ड्रग्स राखेको आरोपमा खान पक्राउ परेका थिए । उनले जेलमा ५ दिन बिताए । उनलाई जेलबाट सिधा पूर्नस्थापना केन्द्र पठाइयो । 

प्रतिक बब्बर 
स्वर्गीय अभिनेत्री स्मिता पाटिल र राज बब्बरका छोरा प्रतिकले पनि सञ्जय दत्तले जस्तै आफूले ड्रग्स लिएको खुलासा गरेका थिए । उनले १३ वर्षमै कुलतमा फसेको स्वीकारे । उनले यो लत छोड्न सकेका छैनन् । 

हनी सिंह
र्यापर तथा गायक हनी सिंह करियरको उचाइमा थिए । उनी कुलतमा यसरी फसे कि उनलाई त्यसबाट बाहिर आउन निकै गाह्रोे भयो तर उनले अहिले कुलत छोडेर करियरमा केन्द्रीत भइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस