चितवन । कोरोना संक्रमणबाट शुक्रबार मात्रै ३ जनाको ज्यान गएको चितवनमा आज शनिबार थप एक महिलाको संक्रमणकै कारण निधन भएको छ ।
चितवन मेडिकल कलेजमा उपचारको क्रममा हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । मृगौला रोगबाट समस्याग्रस्त उनको अस्पतालको सघन कक्षमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
डायलाइसिस गर्ने क्रममा परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । साउन २७ गते चितवन मेडिकल कलेज भर्ना भएका उनको तीन पटकसम्म डायलाइसिस गरिएको थियो । हिजो चितवनमा एकैदिन तीन जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण