चितवनमा निषेधाज्ञा एक साता थप, दिउँसो १ बजेसम्म वित्तीय संस्था सञ्चालन  हुने

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १५ : ४७
चितवनमा निषेधाज्ञा एक साता थप, दिउँसो १ बजेसम्म वित्तीय संस्था सञ्चालन  हुने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको मोडल केही परिर्वतन गरी एक हप्ता निषेधाज्ञाको समय थप गरेको छ । 

बैंक तथा वित्तीय संस्थालाई विशेष काम मात्रै गर्न दिने गरी दिउँसो १ बजेसम्म खोल्न दिर्ने पनि निर्णय गरेको छ । आज बसेको बैठकले कोरोनाको जोखिम थप बढेको महसुश गरी नियन्त्रणका लागि थप शसक्त रुपमा लाग्ने पनि निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी ईश्वर सिम्खडाले बताए । 

विहान ५ देखि ८ बजेसम्म पसल खोल्न दिने र बेलुका ६ देखि ८ बजेसम्म खाद्य पसल सञ्चालन गर्न दिने निर्णय भएको उनको भनाइ छ । लगातार २ हप्तमा सम्म जिल्लामा निषेधाज्ञा जारी भएपछि जनताको जनजिवन असह बनेको भन्दै सर्वसाधारणदेखि राजनितिक दलका जिल्ला स्थित नेतृत्वले नै अब निषेधाज्ञा खुकुलो बनाउनु पर्ने आवाज उठाउँदै आएका थिए ।

यस्तै भरतपुर महानगरपालिकाले पनि एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको पालना गर्न सम्पूर्ण नगरवासीहरुलाई आह्रवान गरेको छ ।

प्रतिक्रिया दिनुहोस