आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, ०८ : ०८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  जनाएको छ ।

मौसमविदहरुका अनुसार गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएका छन् । यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसमविदका अनुसार देशभर सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ। 

प्रतिक्रिया दिनुहोस