काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन् ।
यी उडानमार्फत नेपाल आएका यात्रुको सङ्ख्या ४३७ रहेको छ । नेपालबाट ३०० यात्रु र चार बच्चा बाहिरिएको विमानस्थल कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।
नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा १५४ यात्रु र दुई शव काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले २६३ यात्रु र चार शव नेपाल ल्याएको छ । त्यस्तै टर्किस एयरलाइन्सले इस्तानाबुलबाट २० यात्रु नेपाल ल्याएको छ भने काठमाडौँबाट २०३ यात्रु र चार बच्चा लिएर उडेको छ ।
आज राति नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्स क्वालालम्पुर र चीनको चोङकीङ्ग प्रस्थान गर्ने तालिका रहेको विमानस्थलले जनाएको छ । शुक्रबार पनि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एयरलाइन्सले काठमाडाँैँका लागि चार उद्धार उडान गर्ने तालिका रहेको छ ।
आज आन्तरिकतर्फ सात वायुसेवा कम्पनीले चार्टर्ड उडान गरे । तारा, सीता तथा मनाङ एयर, श्री एयरलाइन्स र समीट एयरका हेलीकोप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ भदौ २०७७, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने
त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने