सुगम पोखरेल र प्रारम्भ भण्डारीको ‘धन्यवाद’ बोलको गीत सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ११ भदौ २०७७, १८ : ११
सुगम पोखरेल र प्रारम्भ भण्डारीको ‘धन्यवाद’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 

प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो । ‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । बिहिबार  प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् । 

गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा  हरेस नखाई  लड्नुपर्ने संदेश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनि खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु र सम्पूर्ण फ्रंटलाइन वर्कर्सलाई यस गीतमार्फत धन्यवाद दिइएको छ ।

गीतको भिडियो निर्देशन एलिन श्रेष्ठले गरेका हुन् । भिडियो उत्तम हुमागाईं र असू बस्नेतले खिचेका हुन् भने भिडियोमा सम्पादन लोकेश बज्राचार्यको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस