काठमाडौं । सुगम पोखरेलले आफ्नो गायन, संगीत र शब्दमा नयाँ गीत ‘भाइटीका’ सार्वजनिक गरेका छन् । तिहारको अवसरमा आइतबार सार्वजनिक गीतको गायनमा उनलाई संगीता राना प्रधानले साथ दिएकी छन् ।
गीतको भिडियोमा सुगमसहित शारदा लामिछाने र नमन राणाले अभिनय गरेका छन् । शुभसाइतमा दिदीको हातको टीका लगाउन खुसी हुँदै जाँदै गरेको भाइको भावबाट गीत तयार पारिएको छ ।
दिदीभाइको स्नेह पनि भिडियोमा समेटिएको छ । तपाईं यो तिहार र भाइटीकामा उत्कृष्ट गीतको पर्खाइमा हुनुहुन्छ भने पोखरेलको यो गीत दर्शनीय र कर्णप्रिय हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, ११ : ३६
लेखकबाट थप