आउँदा दिनमा कोरोना झन बढ्छ : स्वास्थ्य मन्त्रालय

सफल खबर संवाददाता

विहीबार, ११ भदौ २०७७, १७ : २२
आउँदा दिनमा कोरोना झन बढ्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य मन्त्रालयलेआगामी केही दिन कोरोना सङ्क्रमितको संख्या झनै बढ्ने हुनाले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आउँदा दिनमा कोरोना सङ्क्रमितको संख्या झनै बढ्ने आकलन गरिएको बताएका हुन्। 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफङमा डा गौतमले भने, ‘संक्रमण बढेसँगै समाजमा विभेदपूर्ण सोच र व्यवहार देखा परेका छन्। अझ आउँदो केही दिन थप सङ्क्रमण बृद्धि हुने देखिएकाले चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ।’ मन्त्रालयले सावधानी अपनाएर नै कोरोनालाई जित्न सकिने भन्दै सबैमा कोरोनाबाट जोगिने उपायहरु अवलम्बन गर्न जोड दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस