कोरोना संक्रमित आमाले बच्चालाई दूध खुवाउन हुन्छ कि हुँदैन ?

सफल खबर संवाददाता

विहीबार, ११ भदौ २०७७, १६ : ०६
कोरोना संक्रमित आमाले बच्चालाई दूध खुवाउन हुन्छ कि हुँदैन ?

काठमाडौं। सुत्केरी आमाहरु पनि यतिबेला कोरोना संक्रमित भइरहेका छन् । कोरोना संक्रमित भएका आमाहरुले आफ्ना बच्चालाई दूध चुसाउन हुन्छ कि हुँदैन ?  काखे बच्चाकी आमाहरूमा कोरोना भाइरसको संक्रमण भए कसरी हुर्काउने ? कसरी हेरचाह गर्नु ? यस्ता प्रश्नको घेरामा सबै जना रहेका छन् ।  

चिकित्सकहरु संक्रमित आमाले बच्चालाई दुध खुवाउन मिल्ने बताउँछन् ।  सावधानी अपनाएर बच्चालाई सक्रमित आमाले दूध खुवाउन मिल्ने चिकित्सकहरुको भनाइ छ । आमाको दुधले बालकको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ। तसर्थ संक्रमित आमाले सावधानीपूर्वक बच्चालाई झन धेरै दूध खुवाउनुपर्ने चिकित्सकको भनाइ छ । 

संक्रमण रोग तथा आईसीयू विशेषज्ञ डा प्रभात अधिकारीका अनुसार स्वासप्रश्वास र थुकको माध्यमबाट कोरोना भाइरस सर्ने भएकाले सावधानी अपनाएर संक्रमित आमाले दूध खुवाउन मिल्छ । दूध खुवाउने समयवाहेक बच्चालाई सकेसम्म आफूबाहेकपरिवारका अन्य सदस्यको जिम्मा लगाउनुपर्छ । डा अधिकारीका अनुसार दूध खुवाउने समयबाहेक आमाबाट बच्चालाई टाढा राख्नुपर्छ । 

‘आमाले बच्चालाई दुध चुसाउनै पर्नेछ भने दुध चुसाउन पनि मिल्छ। दुधबाट भाइरस सर्दैन, स्वासप्रश्वास वा थुकका छिटाबाट सर्ने हो’, उनी भन्छन्, ‘त्यसैले बच्चालाई दुध चुसाउनु अगाडि अनिवार्य रुपमा आमाले मास्क लगाउने र साबुन पानीले हात धुनुपर्छ।’
 
 

प्रतिक्रिया दिनुहोस