डा केसीको सत्याग्रह एक हप्तापछि

सफल खबर संवाददाता

विहीबार, ११ भदौ २०७७, १५ : ३१
डा केसीको सत्याग्रह एक हप्तापछि

काठमाडौं । चिकित्सक डा गोविन्द केसीको सत्याग्रह एक हप्ता पछि सरेको छ । हाल जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ता पछि सारेको बताएका हुन् ।

‘स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रहलाई एक सातापछि सार्ने निर्णय गरेका छौं’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

गत साउन ११ गते नै आफ्नो ४ बुँदे माग सार्वजनिक गरेका केसीले ती माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस