कञ्चनपुरमा उच्च ज्वरोका कारण चार जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ११ भदौ २०७७, १४ : ४२
कञ्चनपुरमा उच्च ज्वरोका कारण चार जनाको मृत्यु

काठमाडौं। कञ्चनपुरमा उच्च ज्वरोका कारण चार जनाको मृत्यु भएको छ । कञ्चनपुरको महाकाली नगरपालिकाभित्र दुई हप्ताको अवधिमा उच्च ज्वरोले चार जनाको मृत्यु भएको हो।

१३ वर्षीया पूजा बोगटी, १५ वर्षी पंकज चन्द, २१ वर्षीय प्रेमबहादुर चन्द र ६५ वर्षीय गम्भीर भण्डारीको मृत्यु भएको हो । 

यीमध्ये एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा, एक जनाको घरमै र बाँकी दुई जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । 

मृतक भण्डारीमा मधुमेह, उच्च रक्तचापको समेत समस्या थियो। महराका अनुसार प्रेमबहादुर चन्दलाई परिवारले स्वास्थ्य केन्द्रमा उपचारका लागि लैजाने तयारी गरेका बेला घरमै मृत्यु भएको हो। 

प्रतिक्रिया दिनुहोस