बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ११ भदौ २०७७, १३ : ५५
बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्याको पारो देशभर नै चढिरहेको छ । विभिन्न जिल्लाको गम्भीर संक्रमितहरुको मृत्यु भइरहेको छ ।  बाँके जिल्लामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका ७ कि ती महिला ७० वर्षकी थिइन् । 

वृद्धाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 
महिला दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना भएकी थिइन् । पीसीआर जाँच गर्दा पोजेटिभ देखिएपछि कोहोलपुर पठाइएको थियो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो । उपचारको क्रममा उनको निधन भएको हो । यी महिलाको मृत्युसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस