बुटवल । बुटवलमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
बुधबार बेलुका ७ बजे स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका उपचार थालिएपनि संक्रमितको राति १० बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह लगायतका समस्या थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ भदौ २०७७, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण