नवलपरासी । रक्सी नदिएको न्युमा गैडाकोट १ लेटेटाडीको आइतीमाया गुरुङका परिवारलाई राति केही युवाहरुले डोरीले बाँधेर कुटेर गम्भीर घाईते बनाएका छन् ।
राति ११ बजे सुचना आएपछि ईलाका प्रहरी कार्यालय गैडाकोटले परिवारका ५ जना सदस्यलाई उद्धार गरि अस्पताल लगेको जनाएको छ ।
५ जना सदस्य रहेको परिवारमा केही अपराधिक मनोबृति भएका मानिसहरु पुगेर रक्सी माग्दा नदिएको न्यु पारि परिवारका सबै सदस्यलाई डोरीले बाँधेर कुटपिट गरेको थियो ।
सुचनाका आधारमा त्यहा पुग्दा परिवारका सदस्यहरु डोरिले बाँधिएको घाईते अवस्थामा पल्टिरहेको भेटिएको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख चन्द्र बहादुर थापाले बताए । घाईतेहरुलाई उद्धार गरि राति ११ बजे अस्पताल पठाएको उनले बताए ।
घाईतेहरु मध्ये एकजनाको गम्भीर रुपमा टाउको फुटेको छ भने अर्का एक व्यक्तिको पिठ्यू भरि निल डाम रहेको छ । चरित्र हिन, ज्याला मजदुरी गरि खाने मानिसहरुले रक्सीको न्युमा घटना घटाएको सामान्य अनुसन्धान बाट पत्ता लागेको र थप जानकारी अनुसन्धान पछि खुल्ने थापाले बताए ।
घटनामा संलग्न तिन जनालाई पक्राउ गरिएको र म्याद थप गरी अनुसन्धान अगाढी बढ्ने बढाईएको छ । घटनामा ५ जना जति संलग्न रहेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । घाईतेको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
बुधबार, १० भदौ २०७७, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल
पोलमा बाधेर महिलालाई मरणसान्न हुनेगरी कुटपिट
कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट
जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ