एजेन्सी । भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको बताएको छ ।
हत्या गरिएका पत्रकारका पिताले भने सोही गाउँका प्रमुख झबर सिंहले आफ्नो छोराको हत्या गरेको बताएका छन् । उनले तिनै गाउँले प्रमुखले नै यसअघि आफ्नो जेठो छोराको पनि हत्या गरेका बताएका छन् । बालिया जिल्लाका प्रहरी प्रमुख देवेन्द्रनाथले हत्यामा संलग्न जो सुकैलाई पनि कानुनी कारबाही गरिने बताए । (एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ भदौ २०७७, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित
भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?
टी–२० विश्वकप : पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय