काठमाडौंका सीडीओ भन्छन्– ‘४ बजेसम्म पर्खिनुस्, निषेधाज्ञा लम्ब्याउने कि नलम्ब्याउने निर्णय दिन्छौं’

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, १० : ३६
काठमाडौंका सीडीओ भन्छन्– ‘४ बजेसम्म पर्खिनुस्, निषेधाज्ञा लम्ब्याउने कि नलम्ब्याउने निर्णय दिन्छौं’

काठमाडौं । कोरोना भाइरसका संक्रमतिहरुको संख्या दैनिक १ सय ५० माथी देखिन थालेपछि उपत्यकाका तिन वटै जिल्ला प्रशासनले अहिले अत्यावश्यकिय सेवा बाहेक अन्यमा निषेधाज्ञा लगाउदै आईरहेका छन् । भदौं ३ देखि लगाएको निषेधाज्ञा भोलि बुधबार राती १२ बजेसम्मका लागि मात्र छ । 

तर पनि कोरोना संक्रमतिको संख्या काठमाडौं उपत्यकामा घटेको छैन् । झन बढोत्तरीमै देखिन थालेको छ । समुदायस्तरमै संक्रमण फैलिएको अनुमान सर्वसाधारणले गरेपनि सरकारले त्यो कुरा स्वीकार गरी सकेको छैन् । अहिलेसम्म उपत्यकाभित्र कुल ३ हजार ४ सय लाई कोरोना संक्रमण देखा परेको हिजो सम्मको तथ्यांकले देखाउँछ । यस्तो बेला अब उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले निषेधाज्ञाको अवधी के गर्लान् ? जिज्ञासा उठेको छ ।

सरकारले यस सम्बन्धी निर्णय गर्ने जिम्मा स्थानिय प्रशासनलाई दिएपछि अहिले देशभरका स्थानिय प्रशासनले आफ्नो ठाउँ विशेषका आधारमा निषेधाज्ञा लगाउँदै आएका छन् । उपत्यकाका तिन वटै जिल्ला प्रशासन कार्यालयले पनि त्यही अधिकार प्रयोग गरी ३ भदौबाट निषेधाज्ञा लगाउदै आएका थिए । 

यसलाई फेरि लम्ब्याउने कि नलम्ब्याउने ? के गर्नुहुन्छ ? सफलखबरले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग टेलिफोनमा जिज्ञासा राख्दा उनले भने, ४ बजेसम्म कुर्नस्, हामी लम्ब्याउने या नलम्ब्याउने भन्नेमा एउटा निर्णयमा पुग्छौं । 

यसलाई फेरि लम्ब्याउने कि नलम्ब्याउने ? के गर्नुहुन्छ ? सफलखबरले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग टेलिफोनमा जिज्ञासा राख्दा उनले भने, ४ बजेसम्म कुर्नस्, हामी लम्ब्याउने या नलम्ब्याउने भन्नेमा एउटा निर्णयमा पुग्छौं । 

४ बजे उपत्यका अन्र्तगतका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) अरुको बैठक बस्दैछ । त्यही बैठकवाट यस बारेमा औपचारिक निर्णय लिइने काठमाडौंका सिडिओ दाहालले सफलखबरलाई बताए । तीन जिल्लाका सिडियोको बैठक अगाडी उनीहरुले उपत्यकाका मेयरहरुसँग पनि छलफल गर्ने तयारी गरेका छन् । त्यसका लागि १ बजे उनीहरुले उपत्यकाका मेयर फोरमलाई छलफलका लागि बोलाएको छ । 

‘आज हामी पहिले दिउँसो १ बजे उपत्यकाका मेयरहरूसँग बैठक बस्दैछौं,’ त्यसपछि ४ बजे तिन वटै जिल्लाको सिडिओको छलफल गरेर एउटा निर्णय दिन्छौं, दाहालले भने । एक साताको निषेधाज्ञाको समिक्षा गरेर थप निर्णय लिइने उनले बताए । उपत्यकामा दैनिक सरदर २ सय हाराहारीमा संक्रमित देखा परिरहेका बेला निषेधाज्ञा लम्ब्याउने निर्णय तिनै प्रमख जिल्ला अधिकारीहरुले सोचविचार गरिरहेका देखिन्छन् । 

उपत्यका नगरपालिका मेयर फोरमले हिजो मात्रै बैठक बसेर काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म निषेधाज्ञा थप्न स्थानिय प्रशासनसमक्ष सिफारिस गरिसकेको छ । कोरोनाको संक्रमणको दर बढेको भन्दै नगरपालिका मेयर फोरमले निषेधाज्ञाको अवधि भदौ १५ गतेसम्म बढाउन आग्रह गर्ने निर्णय लिएको थियो । उपत्यकाका स्थानिय तहले समेत निषेधाज्ञा बढाउन गरेको आग्रह र बढदो संक्रमतिहरुको संख्यालाई मध्यनजर गरेर उपयुक्त निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले बताए । 

प्रतिक्रिया दिनुहोस