म बाहेक अरु कसैले पनि देउवालाई पराजित गर्न सक्दैन : कांग्रेस महामन्त्री कोइराला

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १५ : ४३
म बाहेक अरु कसैले पनि देउवालाई पराजित गर्न सक्दैन : कांग्रेस महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा आफूले शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गरेका छन् ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले   पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने बताए । महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गरे ।

सभापतिको उम्मेदवार बन्न संस्थापन इतरको समूहमा धेरै नेताहरुको दाबी रहेको स्वीकार गर्दै उनले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको नाम लिएका उनले सबै मिलेर एक जना उम्मेदवार बन्नुपर्ने बताए । 

उनले भने, ‘‘मैले धेरैसँग परामर्श गर्दैछु । उनीहरु तपाईं नै उठ्नुप¥यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुका दावी छ भन्छु । रामचन्द्र दाइ, सिटौलाजी हुनुहुन्छ । प्रकाशमान छन् धेरे छन् सबै उठेर त भएन नि । हाम्रो लक्ष्य के हुुनुप¥यो । हामी सबै मिलेर एक जना उठ्नुप¥यो । त्यसका लागि आपसमा वार्ता हुनुप¥यो । वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुर जीलाई हराउने व्यक्ति छैन ।’’ 

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टि समेत जनाए ।  सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको भनाइ छ । पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए । 

उनले भने, ‘‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुप(यो । किनकी अरु विकल्प छैन । पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो । अहिले विभाग गठन भइरहेको छ । यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ रु उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि । भोली महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो । विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ । मनपरी गर्दै हुनुहुन्छ । भेटेरपनि भनेका छौँ । अहिले नबनाउनुस् अहिले बनाएर के गर्न सक्नुहुन्छ । ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नुभएन । आफ्ना कुरा राख्न बाहेक अरु केही गर्न सकिँदैन । भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ । सबैभन्दा पहिले अधिवेशन गर्ने हो की होइन रु समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुप(यो । जिल्लाका सबै एकाइको हुनुप¥यो । क्रियाशित वितरण सहि किसिमले गर्नुप¥यो । धेरे जिल्लामा समस्या छ । समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडि बढ्नुप¥यो क्रियाशलि दिने त वडाले हो । १०-१० लाख क्रियाशिल बनाउदा गाईजात्रा हुने डर छ ।  नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ । क्रियाशिल दिनुभएको छ । आउनेहरु क्रियाशील हुन की होइनन भनेर पनि पुष्टि गर्नुप(यो ।’’ 
 
महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस