वीरगन्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, ११ : ५१
वीरगन्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको आइतबार बिहान  मृत्यु भएको हो ।

शनिबार नै स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास प्रश्वासमा समस्या आएपछि भदौ ६ गते उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए ।

यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस