संकटबीच नर्सको सेवा , अग्रपंक्तिका योद्धा

पत्रपत्रिकाबाट

सोमबार, ०८ भदौ २०७७, ०७ : ३०
संकटबीच नर्सको सेवा , अग्रपंक्तिका योद्धा

काठमाडौं । कोभिड–१९ का गम्भीर बिरामी आइसोलेटेड हुन्छन्। उनीहरूले पाउने अन्तिम मानवीय स्पर्श नर्सको हुन्छ,’ अप्रिल ७ मा मनाइने अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसको अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले जारी गरेको भिडियो सन्देशमा भनिएको छ ।  

घेब्रेससले भनेको त्यही मानवीय स्पर्श दिने तथा स्वास्थ्य सेवा प्रणालीको पहिलो पंक्तिमा रहेर काम गर्ने नर्स अहिले कोरोना महामारीको अत्यधिक जोखिममा देखिएका छन् । आफ्नो स्वास्थ्य संकटमा पारेर सेवा दिइरहेका उनीहरूले आर्थिक संकटसमेत सामना गर्नुपरेको छ।  

स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ २ सम्म नेपालमा ३ सय ९० स्वास्थ्यकर्मी संक्रमित भएकोमा ८२ जना नर्स छन् । बिरामीको सेवामा २४ सै घण्टा खट्नुपर्ने हुँदा नर्सिङ पेसा जहिले पनि विभिन्न संक्रमणको जोखिममा हुन्छ नै ।

नर्सिङ स्टेसन एवं साना तथा भेन्टिलेसन नभएका ‘चेन्जिङ’ रुममा हुने भीडले संक्रमण बढेको देखिन्छ। अस्पतालले छुट्याएका साना कोठामा बसेर खाना तथा खाजा खाँदा पनि संक्रमणको थप खतरा छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा दुई दर्जन नर्स संक्रमित छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस