काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् ।
यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् । क्यासियर पदमा कार्यरत महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भन्दै पाँच दिनका लागि बैंक कारोवार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताउनुभयो ।
जिल्लामा अहिलेसम्म ८०० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालको पिसीआर ल्याबमा गरिएको कोरोना परीक्षणमा निज महिला कर्मचारीसहित १८ अन्य व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार पिसीआर परीक्षणमा जिल्ला प्रहरी कार्यालयका दुई पुरुष तथा एक महिलामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ भदौ २०७७, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?