चितवन । राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन् ।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो । खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाए र राति अबेर उनको शव भेटिएको बरालले जानकारी दिए । घटना स्थलमा आज प्रहरी जाँदै गरेको उनले बताए ।
चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ । उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ । बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ भदौ २०७७, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु