राष्ट्रिय झण्डा जलाइएको म्यूजिक भिडियो बनाउने समूहमाथि ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा

सफल खबर संवाददाता

विहीबार, ०४ भदौ २०७७, ११ : २०
राष्ट्रिय झण्डा जलाइएको म्यूजिक भिडियो बनाउने समूहमाथि  ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा

काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ । 

झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट शान्तबहादुर योन्जनलाई नियन्त्रणमा लिएरपछि पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

मकवानपुरमा सुटिङ गरेको म्यूजिक भिडियोमा ब्राम्हण र क्षेत्री समुदायलाई घृणा फैलाउने अश्लिल गाली गरिएको छ ।  

मुलुकी अपराधसंहिता–७४ को भाग २ परिच्छेद १ दफा (५०) को उपदफा (३) अनुसार सरकारको कामकारवाहीबारे घृणा, द्वेष फैलाएका वा अपहेलना गरे गराएमा ३ वर्ष कैद र ३० हजार जरिवाना हुन्छ ।

मुलुकी अपराधसंहिता अन्तर्गको दुवै कसुरमा उनीहरुमाथि कारवाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

‘देशद्रोही’ शीर्षकको भिडीयो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड भएको थियो ।

प्रतिक्रिया दिनुहोस