बझाङ । बुङ्गल नगरपालिका ५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा छन् । उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले पुरिएका अवस्थामा निकालिएको हो ।
ठूला ढुङ्गा पहिरासँगै आएकाले उद्धारमा समस्या भएको थियो । आज बिहान करीब १ बजेतिर घरमाथिबाट आएको पहिराले स्थानीयवासी ताम्राकारको घर पूर्ण रूपमा पुरिएको छ । उनी भने रोजगारीका सिलसिलामा भारतको बैंग्लोरमा छन् ।
पहिरामा परेर उनकी ४० वर्षीया श्रीमती पिपला, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल घाइते भएका छन् । घाइते चारै जनाको खिरातडी स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ । घटनालगत्तै नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरामा पुरिएका चार जनाको सकुशल उद्धार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ भदौ २०७७, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
घोराही–थबाङ सहिदमार्गमा दुई ठाउँमा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो