‘देशद्रोही’ गायक ग्लालेन दोर्जे तामाङ कीर्तिपुरबाट पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, १२ : ११
‘देशद्रोही’ गायक ग्लालेन दोर्जे तामाङ कीर्तिपुरबाट पक्राउ

फाइल फोटो

काठमाडौँ । दुई दिनअघि युट्युबमा अपलोड भएको नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यसहितको ‘देशद्रोही’ गीतका गायक ग्लालेन दोर्जे तामाङ पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उनीसँगै अन्य ६ जना पनि पक्राउ परेका छन् ।

म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ ।

म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस